विश्वकप छनोटमा जर्मनीको पुनरागमन जित

काठमाडौं । विश्वकप छनोट तथा युरोपेली छनोटमा जर्मनीले पुनरागमन जित निकालेको छ । शुक्रबार राति भएको खेलमा जर्मनले रोमानियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

जर्मनको पुनरागमन जितमा सर्जी जिनाब्री र थोमस मुलरले १–१ गोल गरे । रोमानियाका लागि लानिस हागिले खेलको ९ मिनेटमा सुरुवाती अग्रता लिएका थिए ।

जितसँगै समूह ‘जी’ मा जर्मनीको ७ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा छ । ७ खेलबाट १० अंक बनाएको रोमानिया तालिकाको चौथो स्थानमा छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.