मन्त्री नबनाएको भन्दै उपेन्द्र यादवको पुत्ला दहन

काठमाण्डौं । मन्त्री नबनाएको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन भएको छ । 

शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएलगत्तै सत्तारुढ जनता समाजवादी पार्टी नेपालमा मन्त्री बन्न नपाउने नेताहरुले केही नेता तथा कार्यकर्ताले वीरगञ्जमा जसपा अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका हुन् ।

प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै पर्साको वीरगञ्जमा जसपाको झण्डा र अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाइएको छ । पर्साबाट मन्त्री नबनाएको भन्दै आक्रोशित युवाको एक समुहले जसपाको झण्डा जलाउनुका साथै र अध्यक्ष यादवको पुत्ला जलाएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री बनेको ८८ दिनपछि शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.