शाहरुख खानका छोरा आर्यन कम्तिमा तिन दिनसम्म जेलमा बस्ने

एजेन्सी । मुम्बई क्रूज पार्टी प्रकरणमा बलिउड किङ खानका छोरा आर्यन खानको जमानतको याचिकालाई अदालते शुक्रवार रद्द गरिदिएको छ । यसका साथै आर्यन खान कम्तिमा तीन दिनसम्म जेलमा बस्नु पर्नेछ ।

शुक्रवार यो प्रकरणमा भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले एउटा प्रमाण प्रस्तुत गरेको थियो, जसका कारण आर्यन खानले जमानत पाउन सकेनन् ।

न्यायाधिशले उनको तीन वटै जमानतको याचिका रद्द गरिदिएका हुन् । अब आगामी हप्ता अर्थात सोमबार मात्र सेशन कोर्टमा उनको जमानतका लागि सुनुवाई हुनसक्छ ।

मुम्बईको किला कोर्टमा शुक्रवार आर्यन खानसहित ८ जना आरोपीहरुको जमानत याचिकामाथि सुनुवाई भयो । त्यसक्रममा एनसीबीको टीमले आर्यनसमेत सबै आरोपीहरुहरुलाई आर्थर रोड जेल पठायो ।

अदालतमा एनसीबी तथा आर्यन खानका वकीलहरुको वहस सुनेपछि न्यायाधिशले उनीहरुको सबैको जमानत याचिका रद्द गरिदिएका हुन् ।

जानकारीका अनुसार अब आर्यन खानका वकीलले यो मुद्दामा सेशन कोर्टमा अपील गर्नु पर्नेछ । यद्यपि, शनिवार तथा आईतबार अदालत विदा हुने भएकाले सोमबारमात्र यसको कारवाही अघि बढ्नेछ ।

एउटा समाचारमा जनाए अनुसार सोमबारदेखि जमानतको याचिकामा वहस हुन थाले पनि कम्तिमा बुधवारसम्म मात्र यो मुद्दामा फैसला भएर आर्यन जेलबाट बाहिरिन सक्नेछन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.