सुधीर र गरिमाको ‘राधा पियारी’ (भिडियो)

काठमाडौं । बसन्त सापकोटा र मेलिना राईको स्वरमा रहेको ‘राधा पियारी’ बोलको गीतको भिडियो शनिबार राजधानीमा एक कार्यक्रम गरि सार्वजनीक गरिएको छ ।

काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशनमा बनेको भिडियो राइजिङ मलस्थित क्युज सिनेमामा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष,बरिष्ट संगीतकार सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक तथा संगीतकार बसन्त र मेलिनाले ‘राधा पियारी’ प्रत्यक्ष गाएका थिए ।

अमेरिका निवासी गीतकार गोपाल लोहारको शब्द रहेको गीतको भिडियोमा अहिलेका चर्चित मोडल सुधीर श्रेष्ठ र गरिमा शर्मा फिचर छन् ।

निर्देशक काजी र श्यामले आफूहरुले भिडियोमा ‘कमेडी फ्लेभर’ प्रस्तुत गर्न खोजेको बताउदै भने, ‘गीतको भाव अनुसार दर्शकलाई अधिक मनोरञ्जन दिने कोसिस गरेका छौ । सोहीअनुरुप नै हास्य रस मिसाएका हौ ।’

गोलो प्रोडक्शनको प्रस्तुति रहेको ‘राधा पियारी’ युट्युव च्यानल गोलो प्रोडक्शनबाट दर्शकमाझ आएको छ । उत्सव दाहालले खिचेको भिडियोको कोरियोग्राफी सन्तोष राजबहाकले गरेका हुन् । बिकास दाहालले सम्पादन गरेको भिडियोको प्रस्तुतकर्ता भिमा लोहार छिन् ।

 

(भिडियो)

© 2021 Quicknepal.com  |  All Rights Reserved.