काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले केही बेरमा विश्वासको मत लिँदै छन् । नेकपा एमालेबाट फुटी नेकपा एस पार्टी बनेपछि अल्पमतमा परेकी शाक्यले विश्वासको मत लिन लागेकी हुन् ।
भदौ २ मा एमालेकै मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री भएकी थिइन् ।
भदौ २मा शाक्य एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । शाक्य पौडेलकै प्रस्तावमा सर्वसम्मत संसदीय दलको नेता चयन भएका थिए ।