सप्तरी । बिजया दशमी नवरात्रि सुरु भएदेखि खसीबोकाको मूल्य आकाशिएको छ । खसीबोकाको बजारमा भीडभाड बढेको छ ।
दशमीको बेला माता भगवतीलाई खसीबोका चढाइने हुनाले खसीबोका महँगिएको स्थानीय सुनिल चौधरीले बताए । उनले भने, ‘भाकल छ, नचढाई नहुने । जति महँगो भए पनि किन्नै पर्ने बाध्यता छ ।
दशैँमा यस जिल्लासहित अन्य जिल्लाका शक्तिपीठहरूमा खसीबोका चढाउने हुनाले खसीबोकाको मूल्य दशैँको सुरुवातसँगै महँगिएको खसी व्यापारी मो। कासिम मियाँले बताए । उनले भने, यसपालि माग बढी भएकाले पहिलेको तुलनामा महँगो भएको हो ।ञ
स्थानीय रामप्रसाद यादवले भने,१० किलोको बोकाको १० हजारभन्दा कम भन्दैनन् । खसीको पनि मूल्य त्यस्तै हाराहारीमा छ ।
पहिले राजविराज बजारमा खसीबोका बजार साताको दुई दिन सोमबार र बिहीबार लाग्थ्यो । घटस्थापनादेखि दिनँहु लाग्दै आएको बाख्रा व्यवसायी रमेश मालीले बताए ।
बिजया दशमी नौरथामा गाउँघरमा मात्र नभएर शहरी भेगमा पनि अत्यधिक मात्रामा खसीबोका चढाउन थालिएको छ । सबै जना व्यस्त रहने हुनाले अघिल्लो दिन किनेर चढाउने चलन बढ्दै गएकाले यो समयमा दिनहुँ खसीबोकाको बजार लाग्ने गरेको स्थानीयहरू बताउँछन् ।