मोतिपुरमा झडप हुँदा तीन जनाको ज्यान गयो

रुपन्देही । रुपन्देहीको मोतिपुरमा झडप हुँदा तीन जनाको ज्यान गएको छ । औद्योगिक क्षेत्रमा आइतबार झडप हुँदा तीन जनाको मृत्यु भएको हो । उपचाररत घाइतेहरुमध्ये तीन जनाको मृत्यु भएको भैरहवा मेडिकल कलेज जनाएको छ ।

एक जनाको अवस्था गम्भिर रहेको पनि अस्पताल स्रोतले जनाएको छ । यस्तै थप चार जना घाइतेहरुको उपचार भइरहेको छ । औद्योगिक क्षेत्रको जग्गा सुकुम्बासीको नाममा कब्जा गर्न खोजेपछि झडप भएको थियो ।

झडपपछि स्थानीय प्रशासनले हाल त्यस क्षेत्रमा कर्फ्यू जारी गरेको छ । आइतवार साँझसम्म पनि प्रदर्शन नियन्त्रणमा लिन नसकेको स्थानीय प्रशासनले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.