दशैंमा बेहुली जस्तै चिटिक्क सिंगारिए मन्दिर (फोटो फिचर)

काठमाडौं । दशैं नजिकिदैं गर्दा काठमाडौं उपत्यकाको विभिन्न मठ मन्दिरहरु सजिएको छ । रंगीचंगी फूलमालाहरु र झिल्लीमिल्ली बत्तिहरुले काठमाडौंको मन्दिरहरु सजाउन थालिएको हो ।

नेपालिहरुको महान चाड बडा दशैमा पूजा गरिने मठ मन्दिरहरु विभिन्न संघ संस्था तथा मन्दिर संरक्षण समितिहरुले सिंगारिएको हो । दशैँ अवधिभर हजारौँ दर्शकको भिड लाग्ने मन्दिरहरु बेहुली झैँ सिंगारिएको छ ।

मैतिदेवी मन्दिरमा बिजुलि बत्ति, झण्डा, बेलुन, फुल माला, झलर लगायतले झकिझकाउ बनाइएको छ । नेपालिहरुको महान चाड बडादशैको सुरुवात संगै काठमाडौको मैतिदेवी भद्रकाली लगायत बिभिन्न शक्तिपिठहरु सजिएका हुन् ।

बेहुली जसरी सृंगारिएका मन्दिरहरुमा बिहान ३ बजे देखी बेलुका ११ बजे सम्मनै भक्तजनहरुको घुईचो लाग्ने गरेको छ । भक्तजनको भिडलाई व्यावस्थापन गर्न विभिन्न स्थानीय संघ संस्था सक्रिय छन् ।

पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको विशेष पूजा आराधना हुने गर्छ । यस अवसरमा महाकमाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजा आराधना गरिन्छ ।

नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुने लगायत धार्मिक विश्वास छ । नवौँ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.