काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।
सोमबार प्रधानमन्त्री देउवाले सोमबार प्रधानमन्त्री देउवाले विमानस्थलको निरीक्षण गरेका हुन् ।
सोमबार बिहान १० बजे पोखरा पुगेका देउवाले सोमबार बिहानसम्म कार्यकर्ता भेटघाटमा व्यस्त थिए । कार्यकर्ता भेटघाटपछि विमानस्थलको निरीक्षण गरेका हुन् ।
अन्तर्राष्ट्रिय उडानका लागि अवरोधको रूपमा रहेको रिठ्ठेपानी डाँडा कटानका लागि सहजीकरण गर्ने र विमानस्थलको उत्तरपट्टीको बाढी तथा पूर्वपट्टीको कटान नियन्त्रणमा संघ सरकारले बजेट छुट्याउने उनले बताएका हुन् । सो क्रममा उनले निर्माणबारे जानकारी लिएका थिए ।
आयोजना कार्यालय र प्रधानमन्त्री बीचको छलफलमा भने सञ्चारकर्मीलाई प्रवेश दिइएको थिइएन । साक्षर गण्डकी प्रदेश घोषणा कार्यक्रममा आइतबार सेनाको हेलिकप्टरबाट पोखरा आएका उनी सोमबार पोखरा विमानस्थलबाट हेलिकप्टरमै निर्माणाधिन विमानस्थल पुगेका थिए । विमानस्थल अवलोकनपछि उनी काठमाडौं फर्किएका छन् ।