अपेक्षाको स्वारमा ‘निष्ठुरी परदेशी’ (भिडियो)

काडमाडौं । गायिका अपेक्षा गिरीको नया गीत ‘निष्ठुरी प्रदेशी’ को भिडियो सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको ‘निष्ठुरी प्रदेशी’ को शब्द गायिका अपेक्षा गिरीले नै लेखेकी हुन् । गीतमा एरेन्ज पुरुशितम सुबेदीको रहेको छ ।

निकै मार्मिक गीत‘निष्ठुरी प्रदेशी’ को भिडियोमा चिरन्जिबी सापकोटा (जीबि चिरन) र गरिमा शर्मा अभिनय रहेको छ । भारतीय सेनामा गएका आफ्नो श्रीमानको घर आउने बाटो हेरेर बसेकी श्रीमतीको कथामा निकै उत्कृष्ट भिडियो निर्माण गरिएको छ । घर आउने श्रीमानको बाटो हेरेर बसेकी श्रीमतीले श्रीमानको लाश आउदाको पिडा भिडियो मार्फत प्रस्तुत गरिएको छ ।

गीतको भिडियोलाई सिर्जन बराल (ऋषि ) निर्देशन गरेका हुन् । अपेक्षा गिरीको ‘अफिसियल यूट्यूव’बाट सार्वजनिक गीतको भिडियोमा शिवसरण न्यौपानेको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।

 

भिडियो:-

© 2021 Quicknepal.com  |  All Rights Reserved.