सब्बु गुरुङको अभिनयमा 'तिमीलाई सम्झिँदा ' सार्वजनिक (भिडियो)

काठमाडौं । मोडल तथा कलाकार सब्बु गुरुङको अभिनय रहेको गीत 'तिमीलाई सम्झिँदा ' सार्वजनिक गरिएको छ । आइतवार समाजिक सञ्जाल युट्युबबाट सो गीत सार्वजनिक गरिएको हो ।
गीतमा सब्बुको साथमा सन्तोष लामा र सुबास्ना आचार्यको पनि अभिनय रहेको छ ।

सार्वजनिक गीतमा सन्तोष स्वयमको स्वर रहेको छ । गीतको शब्द विकास मगरले लेखेका छन् भने सम्पादन पनि उनकै रहेको छ ।

'तिमीलाई सम्झिँदा'मा संगीत तथा व्यावस्थापन हरी लमसालको छ । सुरेश तामाङले खिचेको गीतलाई किरण दाहालले निर्देशन गरेका हुन् । गीतमा नयाँ प्रतिभालाई शहरले प्रयोग कसरी गर्छ भन्ने कुरालाई प्रस्तुत गरिएको छ ।

भिडियोः

© 2021 Quicknepal.com  |  All Rights Reserved.