काठमाडौं । गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । यसअघि असार २९ मा मन्त्री बन्न नसकेका उनलाई मुख्यमन्त्री नेपालीले सोमबार मन्त्रीमा नियुक्त गरे ।
यसअघि उनी मन्त्री हुने सूचीमा रहे पनि अन्तिम समयमा हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए । उनलाई मन्त्रीको सूचीबाट हटाएकामा प्रदेश सरकारको विरोध भएको थियो ।
कांग्रेस मनोमानीढंगले मन्त्री नियुक्ती गरेको भन्दै गठबन्धनका अन्य दल असन्तुष्ट बनेका छन् ।
गठबन्धनको नाममा कांग्रेसले अन्य दललाई पेलेको माओवादी निकट एक नेताले बताए । गण्डकी माओवादी सांसादहरुले शपथग्रहण कार्यक्रम बहिस्कार गरेका छन् ।