काठमाडौँ । राष्ट्रियसभाको सोमबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध कायमै राखेको छ। राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरुले बैठक अवरोध गरेका हुन्।
बैठकमा नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले वर्तमान गठबन्धनमा सहभागी दलहरुले अघिल्लो सरकारबिरुद्ध गैर राजनीतिक र कुर्सी मोहका कारण मुद्दा दायर गरेको बताए। उनले दशैँको मुखमा आम नागरिकमाथि गोली प्रहार भएको बताउँदै यो कदम सरकारको सुकुम्बासीमाथिको दमन भएको बताए।
भट्राईले दशैँको मुखमा ४ जनाको हत्या हुनु दुखद् बताउँदै तत्काल पीडितलाई क्षतिपूर्ति र न्याय दिनुपर्ने उल्लेख गरे। प्रमुखचेतक भट्टराईले भने, ‘रुपन्देहीमा दशैँको मुखमा आएर भएको घटना दुखदायी छ, सुकुम्बासी र भूमीहीनको व्यवस्थापन नगरी दशैँको मुखमा गोली प्रहार भएको छ, यो दशैँलाई दशा निम्त्याउने काम गृहमन्त्रीले गर्नुभएको छ, दशैँको मुखमा चार जनाको हत्या हुनु दुखद् छ, १८ जना घाइतेको उपचार र मृतक परिवारलाई तत्काल क्षतिपूर्ति दिनुपर्छ, घटनाको म भत्र्सना गर्दछु, गृहमन्त्रीले आफ्नो जिल्लामा भएको घटना कुन मुखले हिँड्नुहुन्छ, सुकुम्बासी हुन कसैलाई रहर हुन्छ, कोही रहरले सुकुम्बासी हुन्छ र रु अरुका लागि दशैँ आएको छ तर सुकुम्बासीको लागि दशा आयो, दशा निम्त्याउने काम यो सरकारले गर्यो।’
उनले प्रधानमन्त्री शेरबहाुदर देउवाले बुढानीलकण्ठबाट बालुबाटार आएर सुत्नेबाहेक अन्य कुनै काम नगरेको आरोप लगाए।
क्विक नेपाल
२०७८ आश्विन २५,सोमवार ०५ : १३ PM