युट्युबमा विष्णु लिम्बुको ‘हङकङ सिटी’ (भिडियो)

काठमाडौं । हङकङमा बस्दै आएका गीतकार विष्णु इङ्नाम लिम्बूको नयाँ गीत ‘हङकङ सिटी’ सार्वजनिक भएको छ । गीतकार लिम्बुको ‘हङकङ सिटी’ गीत सोमवार सार्वजनिक भएको हो ।

गीतमा हङकङकै परिवेशलाई प्रस्तुत गरिएको छ । गीतको भिडियोलाई रणवीर शेर्मा (रवि शेर्मा)ले निर्देशन गरेका छन् । नेपालमै छायांकन गरिएको भिडियोमा तान्छोहाङ इङ्नाम, लक्ष्मी योङहाङ लिम्बू र नीतु मादेनको अभिनय रहेको छ ।

गीतमा स्वर तथा संगीत साक्थिम योङ्याको छ । चन्दु गोर्खालीको एरेञ्ज, सामुइलले लामाको छायाँकन रहेको भिडियोलाई इशक जबेगुले सम्पादन गरेका छन् ।

भिडियो :

© 2021 Quicknepal.com  |  All Rights Reserved.