कलाकारको दशैं सम्झना र योजना

काठमाडौं । दशैंको उत्सवले नेपालीलाई ढपक्कै ढाकेको छ, दशैंको बेलामा कलाकार अझबढी व्यस्त हुने गर्छन् । पछिल्लो बर्षयता भने कोरोना कहरका कारण कलाकार पनि फुर्सदमा छन् । क्विक नेपालले कलाकारको दशैं अनुभावलाई छोटकरीमा प्रस्तुत गरेको छ । सेलिब्रेटीको दशैं योजना र सम्झना :

प्रदिप भट्टराई, निर्देशक
दशैं, घर सर्लाहीमै मनाउने छु । पारिवारसँग भेट हुन्छ । ग्रामिण जीवन र बाल्यकालको याद पसर्नताजगि हुन्छ । घर जान अवसर जुर्ने समय भनेकै दशैँ हो । म तास खेल्ने गर्दिन किनकी तास खेल्न पैसा चाहिन्छ .... । पर्व सचेतानाका साथ मनाउनुपर्छ । मलाई विशेष गरि घुम्न मन पर्छ । कर्मथलोबाट जन्मथलोमा रम्ने अवसर पनि यहि हो । ग्रामिण भेगका अधिकांश मानिसहरु विशेषगरि शहरमा बस्नेहरुको पर्वोत्सव यस्तै होला ।

मेलिना राई, गायिका
परिवारका अन्य सदस्य गाउँमा हुनुहुन्छ । काठमाडौमा दिदिबहिनीमात्र छौँ । परिवारबाट टाढा हुँदा दशैं खल्लो हुने त भैहाल्यो । गत वर्ष भन्दा त यस पाली त रमाइलो होला किनभने लकडाउन र कोरोना प्रकोप थियो यसपालि भने कम भएको छ । मेरो तासमा एकदम रुचि छ,परिवारमा बहिनीभाइहरुसगँ कहिलेकाही खेल्ने गर्छु । तर बाहिर भने खेल्दिन । अरु त यस्तै हो ।

त्रिशला गुरुङ गायिका
यसपालि हाम्रो दशैं छैन । मासु खाइदैन, पिङ खेलिन्छ अनि मलाई एकदमै घुम्न मन लाग्छ । तास चाहि खेल्दिन, ममीले नि खेल्न हुदैन भन्नुहुन्छ । हस्पिटलको ड्युटि र गीत गाउन नै भ्याइदैन । अन्य काम त कतिबेला गर्नु ?

पुजा शर्मा, नायिका
यसपालि हाम्रो घरमा जुठो परेको छ त्यसैले औपचारिक रुपमा दशैं मनाउन मिल्दैन । दशैंमा चङ्गा उडाउने काम गरिन्थ्यो । बाल्यकालमा अलि अलि फट्याइ गरेर रमाइलो पनि गरिन्थ्यो । बालापनको सम्झना आउछ ।

श्रृङ्खला खतिवडा मिस नेपाल २०१८
दशैं भन्ने वित्तिक्कै सफा मौसमको याद आउँछ । म सानो हुँदा मेरो कोठामा घाम लाग्थ्यो त्यो साह्रै मिस हुन्छ । अध्ययनको शिलशिलमा म नेपाल बाहिर छु । साथीभाइसँग यतै दशैं मनाउने प्यास गर्छु । परिवारसँग फोन, भिडियो कलमा व्यस्त हुनेछु ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.