भेलाले महासंघअन्तर्गतका विभिन्न विधामा नयाँ नेतृत्व चयन गरेको छ । भेलाले जनसंगीत मञ्च नेपालमा सम्झना माझीको नेतृत्वमा १७ जना, जनपक्षीय चलचित्रकर्मी संघमा उदयबाबु खतिवडाको नेतृत्वमा आठजना, जननाट्य मञ्चमा टेकबहादुर बुढाथोकीको नेतृत्वमा १० जना र सल्लाहकारमा चारजना गरी ३९ जना कलाकारलाई निर्विरोध चयन गरेको हो ।
