रौतहट ।प्रदेश नम्बर २ को रौतहटमा फुटवल खेल सप्पन्न भएकोे छ ।आज भएको रौतहट जिल्ला फतुवा बिजयपुर हिमालीबास को रिभर साइड मैदानमा भएको फुटवल प्रतियोगीता को फाइनल खेल मा लगनशिल युवा कल्ब भट्टिरागी र वान टिम वान गोल क्लब बुटुवा बिच भएको प्रतिस्पर्धात्मक खेलमा वान गोल वन टिम कल्ब बुटुवा १ गोल ले बिजयी भएको छ ।वान गोल वान टिम कल्ब का तर्फबाट सुखारी चौधरी जर्सि नम्बर ७ ले गोल गरेका हुन् , बिजयी कल्बले नगद , शिल्ड प्रमाणपत्र प्राप्त गरेको छ ।हिमाली युवा कल्बद्वारा आयोजित यस फुटबल प्रतियोगिता असोज १३ गते बाट सुरुवात भइ आज सम्पन्न भएको हो । जसमा १४ टिमको सहभागिता भएको थियो ।
आजको कार्यक्रममा रौतहट जिल्लाको जेष्ठ नागरिक श्री रत्न बहादुर श्रेष्ठ ज्युको प्रमुख अतिथिमा थिए भने कार्यक्रममा हजारौं दर्शकको सहभागिता थिए। आजको फाइनल खेल मा बेस्ट कप लगनसिल युवा कल्बका चन्दन चौधरीले पाए र वान गोल वान टिम कल्ब का म्यान अफ द म्याच सुखारी चौधरी जर्सी नम्बर ७ भए ।
नेपाल प्रहरीको पुर्ण सुरक्षामा खेल सम्पन्न भएको थियो ।खेलको नेतृत्व हिमाली युबा कल्बका अध्यक्ष श्री अर्जुन श्रेष्ठको नेतृत्वमा कार्यक्रम आयोजना गरिएको थियो भने,खेललाई सम्पन्न गराउन मुख्य भुमिका सुशील लम्सालले गरेका थिए ।