दशैं छैन, पोखरा घुम्न जाने प्लान छ : दीपकराज गिरी

काठमाडौं । ठूली आमाको स्वर्गारोहणका कारण यसपालि दशैं छैन । तर पनि दशैं आउदा मलाई अर्कै रौनक लागेको छ । कोरोनाका कारण अहिले पनि सबैमा त्रास छ । एक्दम सुरक्षित भएर चाडपर्व मनाउनु पर्ने छ । बजारमा देखिएको भीडभाडले साँच्चै नै दशैं आएको महसुस गराएको छ । तर,यसले संक्रमण बढ्ने हो की भन्ने डर सृजना गरेको छ ।

यसपालि टीका नभएकाले दशैंमा कतै घुम्न जाने की भन्ने सोचमा छु । बिदेश घुम्न जानलाई पिसिआर टेस्ट, केके चाहिन्छ, त्यतिञ्जेल त आफ्नै देशको जुनसुकै स्थानमा पुगीन्छ । पोखरा जाने की भन्ने सोचेको छु । आफ्नो दशैंनभए तापनि आम नेपाली दाजुभाइ दिदीबहिनीमा दशैंको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.