पिङ चाहीँ खेल्नु पर्ला : रेखा थापा

काठमाडौं ।यसपाली अघिल्लो बर्षभन्दा माहोल अलि रमाइलो छ । तर, हामीले सावधानी चाहिँ अप्नाउनै पर्छ । कोरोनाले गर्दा गत बर्ष त दशैं साह्रै खल्लो भयो । यसपाली भने सबैतिर अलि सहज वातावरण छ । त्यसैले दशैंको रौनक अलि बढेको पाएकी छु ।

म यसपालि काठमाडौंमै दशैं मनाउँछु । मम्मीको हातबाट टीका लगाउँछु । सामाजिक दुरी कायम राख्दै आफ्ना, आफन्तीको हातबाट टीका लगाई आशीर्वाद लिन्छु । यो दशैंमा स्पेशल त्यस्तो केही प्लान गरेकी छैन ।

हलमा फिल्म प्रदर्शन थालेको देख्दा भने खुशी लागेको छ । घर नजिकै सिफल चौरमा पिङ हालेका छन् । टीकाको दिन भुइँ छोड्नु पर्छ रे, त्यहाँसम्म पुगेर पिङ चाहिँ खेल्नु पर्ला ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.