ओलीलाई स्वागत गर्न झापामा बालकदेखि वृद्धसम्म(फोटोसहित)

झापा । एमाले अध्यक्ष केपी शर्मा ओली दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन आज झापा गएका थिए ।चाडबाडका बेला ओली झापा पुग्दा एमाले नेताकार्यकर्ता उत्साहित भएका थिए । उनलाई स्वागत गर्न भद्रपुर विमानस्थलमा घुइँचो थियो । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यसहितका नेता–कार्यकर्ताले उनलाई स्वागत गरे । त्यहाँबाट ओली आफन्तसँग भेटघाटमा केहीबेर व्यस्त भए । अनि ढिला गरी शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित भएका थिए ।ओलीको आगमनसँगै कार्यक्रमका सहभागीले ताली र नारावाजी गर्दै उनको स्वागत गरे । केही वृद्धवृद्धा र बालबालिकाले उनलाई मञ्चमै उक्लेर भेटे ।जस्लाई तलका तस्विरमा देख्न सकिन्छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.