काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा पत्नी आरजुकै हातबाट टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार माता पिता दुवैजनाको निधन भइसकेका कारण प्रधानमन्त्रीले पत्नीको हातबाट टीका ग्रहण गरेका हुन् ।
परिवारसँगै दशैं मनाएका देउवाले पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुभ साइतमै परिवारका सदस्यहरुलाई टीका लगाइदिएका छन् ।प्रधानमन्त्री देउवाले पत्नी आरजु, छोरा जयवीर तथा भतिजहरु भानु र प्रकाशलाई टीका लगाइदिएका थिए ।
यसअघि शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले दशैंमार्फत सबै नेपालीमा आपसी सद्भाव र भाइचारा अभिवृद्धिको कामना गरेका थिए ।