नेपालको फाइनल खेल हेर्न नेपाली कामदारलाई माल्दिभ्सले दियो छुट्टी

काठमाडौं । नेपाली समय अनुसार आज (शनिवार) राति ८ः४५ बजे साप च्याम्पियनसिपको फाइनल खेल हुदैँछ । फाइनलमा नेपाल र भारतबीच खेल हुनेछ । फाइनलमा नेपालको खेल हुनेभएपछि माल्दिभ्स सरकारले त्यहाँ कार्यरत नेपालीहरुलाई विदा दिएका छन् ।

नेपालको खेल हेर्न र समर्थन गर्न नेपालीहरुलाई समय आवश्यक महशुस गर्दै माल्दिभ्सको राष्ट्रपति कार्यालयले छुट्टी दिएको हो । राजधानी मालेस्थित राष्ट्रपति कार्यालयमा दुई दर्जन भन्दाबढि नेपाली कर्मचारीहरु कार्यरत छन् ।

ती कामदारहरुलाई नेपालको खेल हेर्ने प्रयोजनमा छुट्टी दिइएको हो । यस्तै माल्दिभ्सकै विभिन्न प्राईभेट संघ संस्थाहरुले समेत नेपाली कामदारहरुलाई नेपालको फाइनल खेल हेर्न छुट्टी दिइएको छ । राष्ट्रपति कार्यालयले नै नेपाली कामदारहरुलाई छुट्टी दिएपछि निजी संघ संस्थाहरुले पनि विदा दिएका हुन् ।

राष्ट्रपति कार्यालयले खेल हेर्न कर्मचारीलाई विदा दिएको माल्दिभ्समा यो पहिलो रेकर्ड हो । त्यसमा पनि नेपाली कामदारलाई छुट्टी दिइएको विश्वमै यो नयाँ इतिहास हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.