गृहमन्त्री खाँण सोमबार गृह जिल्ला जाने

रूपन्देही । गृहमन्त्री बालकृष्ण खाँण गृहमन्त्रालय सम्हालेको पाँच महिनापछि रुपन्देही आउन लागेका छन् । असार २९ मा उनि गृहमन्त्रि भएका थिए । गृहमन्त्री भएका उनी कार्तिक १ गते पहिलोपटक गृहजिल्ला रुपन्देही जाने तयारीमा जुटेका छन ।


रूपन्देहीबाट समानुपातिक सांसद बनेका खाँण गृहमन्त्री बनेपछि लामो समय रूपन्देही नआएको भन्दै आलोचना भएको थियो । जिल्लामा भएका बाढीपहिरो, डुबान, मोतिपुर काण्ड लगायतका घटनामा चासो नदिएको भन्दै उनकै पार्टीमा आलोचना भएपछि उनि आफ्नो गृहजिल्ला जाने तयारीमा जुटेका हुन ।

कांगे्रस नेता स्व. प्रेम खरेलको शोकसभामा सहभागी हुन रुपन्देही आउन लागेको कांग्रेस रूपन्देहीले जनाएको छ । यो समय पारेर नेपाली कांग्रेस रुपन्देहीले उनको बधाई तथा सम्मान कार्यक्रम राखेको नेपाली कांगे्रस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिएका हुन ।
पार्टी कार्यालय भैरहवामा बिहान १० बजे उनको सम्मानमा पार्टीले भेटघाट कार्यक्रम राखेको सभापति रज्जाकले बताएका हुन ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.