काठमाडौँ । बा २ ख ३२६४ नम्बर को बस आज सिन्धुपालचोकको लिसंखुपाखर गाउँपालिकाबाट काठमाडौँ आउँदै गर्दा जिरी सडकखण्डमा दुर्घटना भएको छ। उक्त बसमा सवार ३५ जना घाईते भएका छन ।
सहचालक सहित अन्य ४ जनाको अवस्था गम्विर रहेको र थप उपचारका लागि उनिहरुलाई धुलिखेल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यलय सिन्धुपालचोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
अन्य घाइतेहरुको भने खाडिचौरस्थित सदाबहार अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । बस ब्रेकफेल भएर दुर्घना भएको अनुमान गरिएको छ ।