सुन चाँदीको मूल्य वृद्धि

काठमाडौं । नेपालमा आज सोमबार सुनको मूल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाला सुनको मूल्य ९१ ह्जार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । असोज २५ गते भने छापावाला सुन प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजावी सुन तोलामा ६ सय ५० रुपैयाँले बृद्धि भई प्रति तोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । असोज २५ को तुलनामा चाँदीमा प्रति तोला ४५ रुपैयाँ बृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघले आज छापावाला सुन प्रति १० ग्राम बराबर ७८ हजार २७५ रुपैयाँ, तेजावी सुन ७७ हजार ८४५ रुपैयाँ र चाँदी प्रति १० ग्राम बराबर १ हजार ५० रुपैयाँ मूल्य कायम गरेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.