आईसीएफसी फाइनान्सको १०५ बोनस सेयर र ४५ नगद लाभांश

काठमाडौं । दसैँ सकिए लगतै हिजो खुलेको सेयर मार्केट १७ . ५९ अंक बढेर २६५६ .९६ विन्दुमा बन्द भयो । लगानीकर्ता विस्तारै दसैँ सकाएर काममा फर्किने तयारीमा छन् । नेप्सेमा दसैँ पछिको पहिलो दिनको कारोबार निकै न्यून छ । यद्दपी पछिल्लो समय कम्पनिहरुले गरिरहेको बोनस सेयर र लाभांश घोषणाले लगानीकर्ता उत्साहित हुन् सक्नेछन् ।

यसैबीच आईसीएफसी फाइनान्स लिमिटेड (ऋँऋ)ले आर्थिक बर्ष २०७७र७८ को मुनाफाबाट सेयरधनीहरुलाई १०५ बोनस सेयर र ४५ नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी कुल १४५ लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

हाल कायम रहेको चुक्ता पूँजी रु १ अर्ब २ करोड ४२ लाख ६५ हजार ८०० को १०५ अर्थात रु १० करोड २४ लाख २६ हजार ५८० बराबरको बोनस सेयर तथा ४५ अर्थात रु। ४ करोड ९ लाख ७० हजार ६३२ बराबरको नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको कर प्रायोजनका लागि समेत) वितरण गर्ने निर्णय कम्पनीको गत २०७८ असोज २५ गते अपरान्ह ३ ः ०० बजे बसेको संचालक समितिको २८७ औं बैठकले आ. व. २०७७ र ७८ को वितरण योग्य मुनाफाका आधारमा गरेको हो । संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.