काठमाडौं । अखिल नेपाल फुटलब संघ (एन्फा)ले एएफसी पुरुष एसियन कप छनोट खेल्न ताजकिस्तान प्रस्थान गर्ने नेपाल यू(२३ )टोलीलाई बिदाइ गरेको छ ।
सोमबार साझ एन्फाले एक कार्यक्रमबीच नेपाली टोलीलाई बिदाई गरेको हो । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज र एन्फा पदाधिकारीले बिदाई गरेका हुन । ।
२३ जना खेलाडी र १२ जना अफिसियलको टोली छनोट खेल खेल्न बुधबार बिहान ९ बजे आयोजक ताजकिस्तान प्रस्थान गर्ने कार्यक्रम छ ।
प्रशिक्षक बाल गोपालले घोषणा गरेको टोलीमा ११ खेलाडी राष्ट्रिय टोलीका सदस्य छन् । शनिबार समापन भएको साफ खेल्ने टोलीबाट यू(२३) टोलीमा छ जना खेलाडी रहेका छन् ।
हाल मनीष डाँगी, आयुष घलानसँगै सुरज जिउ ठकुरी, नितिन थापा, गौतम श्रेष्ठ र सुमन अर्याल राष्ट्रिय टोलीमा छन् ।
यस्तै, अभिषेक रिजाल, दर्शन गुरुङ, विशाल सुनार, राजन गुरुङ, एरिक बिष्ट भने हालको टोलीबाट बाहिर रहेका छन् । विशालबाहेक अन्य खेलाडीले राष्ट्रिय टोलीबाट डेब्युसमेत गरिसकेका छन् ।
एएफसी छनोटको समूह ‘बी’मा रहेको नेपालले बलिया इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ । नेपालले पहिलो खेलमा २५ अक्टोबर इरान, आयोजक ताजकिस्तानसँग २८ अक्टोबरमा तथा ३१ अक्टोबरमा लेबनानलाई चुनौती दिनेछ ।
नेपाली टोली :
गोलरक्षक( अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल
डिफेण्डर( सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बू
मिडफिल्डर( नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक बिष्ट
स्ट्राइकर( ऋतिककुमार खड्का, मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिव लोप्चन रहेका छन ।