काठमाडौं । भारतको उत्तराखण्डमा भारी भारी बर्षा भएको छ । भारी वर्षासँगै आएको बाढी पहिरोमा परी तीन जना नेपाली श्रमिकको मृत्यु भएको छ । उक्त बाढीमा परी दुई जना घाइते भएका छन् ।
जिल्लाधिकारी विजयकुमार जोगदान्डेका अनुसार होटल निर्माणको काममा खटिएका श्रमिकहरु समखल भन्ने स्थानमा टेण्टमा बस्ने गरेको जिल्लाअधिकारी विजयकुमार जोगदान्डेले बताए । लगातारको वर्षाका कारण माथिल्लो भागबाट जमिन खस्दा उनीहरुलाई पुरिएको समाचारमा उल्लेख रहेको छ ।
घाइते भएका २ जनाको उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । अहिलेको समयमा धेरै नै पानिपरिरहेकाले गर्दा मौसममा सुधार नआएसम्म मन्दिर वरपर नजानका लागि सरकारले आग्रह गरेको छ ।