नारायणी पुलबाट हाम फालेर एकजना बेपत्ता

चितवन। चितवनको नारायणी नदीकोको पुलबाट हाम फालेर एकजना बेपत्ता भएका छन् ।

नवलपुरको गैंडाकोटतर्फबाट पुलमा आएका अन्दाजी ५५ बर्षीय पुरुषले पुलको बीच भागबाट हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

अहिलेसम्म हाम फालेका व्यक्तिको खोजी भइरहेको र फेला नपरेको प्रहरीले जनाएको छ । ५५ बर्षीय पुरुषले पुलमाथि टोपी, गञ्जी र २ हजार तीनसय नगद छाडेको प्रहरीले बताइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.