नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको तालिका संशोधन

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको कार्यतालिका तय भएको छ । आज स्थायी कमिटीको बैठकबसेर पालिका सम्मेलन, पार्टी सदस्यता नवीकरण, प्रदेश सम्मेलनको ,समेत मिति संशोधन गरेको हो ।

आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पत्रकारहरुलाई जानकारी दिएको हो । उक्त जानकारी अनुसार, पार्टी सदस्यता नवीकरणको म्याद थप गरी कात्र्तिक २५ गतेसम्म बनाएको छ ।

नेकपा माओवादी केन्द्रकोे राष्ट्रिय कार्यतालिका अनुसार मिति यसरी तय गरिएको छ ः
वडा सम्मेलन मंसिर ४ गतेसम्म , टोल सम्मेलन कार्तिक २७ गतेसम्म , प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म र पालिका सम्मेलन मंसिर ११ गतेसम्म म्याद थपिएको छ ।

आज बसेको माओवादी केन्द्रको बैठकले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

२५–२५ सदस्यीय निर्वाचन कमिटी र ४८ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च यसका साथै लेखा समिति पनि गठन गरेको हो  ।यसमा पनि भूगोलभन्दा बाहिर रहेर काम गर्नेहरुको विशेष समितिमा १७५ सदस्यीय हुने भनिएको् छ । अब फेरी कार्तिक ४ गते विहान ८ बजे स्थायी कमिटीको बैठक बस्ने प्रवक्त्ता महराले जानकारी दिएका छन ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.