काठमाडौं । नेकपा माओवादीले नेकपा एमालेको सिको गर्दै विभिन्न कमिटी र आयोग हरु गठन गरिएको छ । यस अघि माओवादीमा नयाँ कमिटीह र आयोगको व्यवस्था थिएनन् । केही समउ अघि नेकपा एमालेले जेष्ठ नागरिक मञ्च गठन गरेको थियो । मञ्चको संयोजक भन्ने तोकिन बाँकी राखेको छ ।
माओवादीले त्यसको सिको गर्दै ९९ सय सदस्यीय जेष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ । त्यतिमात्र हैन माओवादीले एमालेकै शैलीमा अन्य आयोगहरु पनि गठन गरिएको छ । माओवादीले टंक राईको अध्यक्षतामा अनुशासन आयोग, विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा निर्वाचन आयोग गठन गरेको छ ।
बैठकले स्थायी कमिटी सदस्य पेशल खतिवडाको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय लेखा समिति पनि गठन गरेको छ । यस्तै माओवादी विभिन्न तहका राष्ट्रिय सम्मेलनको तालिका हेरफेर गर्ने निर्णय गरेको छ ।
पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म र टोल सम्मेलनहरु कात्तिक २७ गतेसम्म निर्माण गर्ने माओवादी बैठकले निर्णय गरेको हो ।
त्यस्तै वडा सम्मेलनको म्याद मंसिर ४ सम्म थपिएको छ । पालिका सम्मेलनहरु मंसिर ११ गते र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म सम्पन्न गर्नुपर्ने बैठकको निर्णय छ ।