लमजुङ । लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार साँझा करिब ७ बजे मस्र्याङ्दी गाउँपालिका–३ जलगिनीमा ग १ त ५५६५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको घट्नास्थलमै ज्यान गएको हो ।
मृत्यु हुनेमा दोर्दी गाउँपालिका–१ का २५ वर्षीय मन बहादुर गुरुङ रहेको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।