उद्धारका लागि हिडेको हेलिकप्टर धनगढीमै रोकियो

काठमाडाै  । महाकाली नदीको बाढीका कारण टापुमा फसेका पाँच जनाकाे  उद्धारका लागि आएको हेलिकप्टर धनगढीमै रोकिएको छ । मौसममा आएको खराबीले महाकाली नदीमा अलपत्र परेका स्थानीवासीको उद्धार लागी आएको हेलिकप्टर मौसम प्रतिकुल हुदाँ धनगढीमै रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका

प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपाने का अनुसार, मौसममा सुधार आएपछि रोकिएको हेलिकप्टर उद्धारकालागि धनगढी पुग्नेछ ।

आजका्े बाढीमा अलपत्र परेका जिल्ला संख्या  :

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा एकै परिवारका ५ जना बाढीमा फसेका छन । अहिले उनिहररु उद्धारको पर्खाइमा छन् । उनीहरु अहिले रूखमा चढेर ज्यान जोगाइरहेको प्रहरीले जानकारी दिएको छ । अर्कोतिर उत्ता कैलालीको ठूलीगाडमा बसेका एक दम्पती पनि हेलिकप्टरले आस गरेर उद्धारको् बाटो हेरेर बसिरहेका छन ।

कैलाली र डोटी को सिमाना भएर बग्ने ठूलीगाडमा आएको बाढीले मोहन्याल गाउँपालिका–४ को खिमडीमा श्रीमान्–श्रीमती पनि आपतमा परेका छन । ।

लोकबहादुर बुढामगर र उनकी श्रीमती विरमादेवी नदीको बीच भागमा फसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताएका छन भने उता बैतडीका सिगास गाउँपालिका–५ को ढुङ्गाडमा बाढीका कारण अलपत्र परेका लगभग ६० जना पनि उद्धारको पर्खाइमा छटपटाईरहेका छन ।

आपतमा परेकाहरुको उद्धारको पहल भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.