अब कोटा तोकेर लाइसेन्सको आवेदन खोल्ने

काठमाडौं । लगभग ६ महिना अगाडीदेखि बन्द रहेको नयाँ सवारी चालक (अनुमतिपत्र ड्राइभिङ लाइसेन्स) यातायात व्यवस्था विभागले ६ महिनापछि आवेदन खोल्ने तयारी गरेको छ । गएको वैशाख १६ गतेदेखि दोस्रो लहरको महामारीको कारण देखाउँदै बन्द गरेको थियो । अब नयाँ आवेदन प्रणाली आगामी एक हप्ता पछाडी खोल्ने तयारी भइरहेको विभागले जनाएको छ ।

प्रवक्ता डा . लोकनाथ भुसाले भने, ‘आवेदन प्रणाली खोल्न अहिले प्राविधिक तयारी भइरहेको छ । कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेको हुनाले नयाँ चालकहरु समस्यामा छन् । लाइसेन्स लिन आवेदन दिएर प्रक्रियामा प्रवेश गरेकाहरु पनि अन्योलमा छन् ।’


यसअघि लाइसेन्नसका लागि आवेदन दिएकाहरुलाई भदौ २० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा लिन शुरु गरिएको थियो । प्रवक्ता भुसालका अनुसार ,आवेदन दिएका करिब ५ लाख जनाले चालकको परीक्षाको मिति पर्खेर बसिरहेका छन । ।

लाइसेन्सको परीक्षा शुरु गरेका कार्यालयले प्रतिक्षा सूचीमा रहेको चाप छिटो घटाउने गरी कुनै पहलकदमी लिएका छैनन्। यसको कारण अहिले हजारौँले शास्ति भोगिरहेका छन ।

प्रवक्ता भुसालका भन्छन, अब दैनिक रुपमचा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिइनेछ र कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाउनेछन् ।
डा. भुसालका अनुसार, पहिला आवेदन दिएकालाई प्राथमिकता दिइने छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.