कास्की । पछिल्लो पटक गण्डकी प्रदेशमा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १ हजार ४३ जनामा गरिएको नमूना सर्वेक्षणमा १४५ जनामा संक्रमण देखिएको छ । कोरोना संक्रमित मध्ये ७० महिला ७५ पुरुष रहेका छन ।
प्रदेशका विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्की जिल्लामा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिएका हुन ।शर्माका अनुसार ,कास्की ८८,बागलुङ १३, म्याग्दी ३,पर्वत स्याङ्जा २४ ५,गोरखा २ तनहुँ ७ र नवलपरासी पूर्वमा ३ जनामा संक्रमण देखिएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८६ हजार ७३९ पुगेको छ ।
गण्डकीमा अहिले थप कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका –१० का ४४ बर्षिय कोरोना संक्रमित पुरुष,पोखरा–२७ की ५० बर्षिय महिला, पोखरा–११ का ७२ बर्षिय पुरुष,पोखरा–२७ की ५० वर्षिय महिला, पोखरा– ६ का ६३ बर्षिय पुरुष र पोखरा–१२ का ३३ बर्षिय पुरुष रहेका छन् । मृतक सवै कास्की जिल्ला अन्तरगत पोखरा महानगर क्षेत्रका हुन् । उनीहरु सवैको पोखरास्थित विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेशीक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३८८ पुगेको छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा ४८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ८८५ पुगेको हो ।
त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ४६६ पुगेको निर्देशनालयले जनाएको छ ।