धुमधामका साथ १४९६ औँ मोहम्मद जयन्ती

 काठमाडाैँ । आज नवलपरासीमा मुस्लिम समुदायले मोहम्मद जयन्ती धुमधामका साथ मनाएका छन् । आज विश्वकै मुस्लिम समुदायले ईस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १४९६ औँ जन्मजयन्ती परेको हो । यहि जन्मजन्यती धुमधामका साथ मनाएका छन ।


आजको जन्मजयन्तीको अवसरमा राष्ट्रिय ओल्मा काउन्सिल नेपालका राष्ट्रिय अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मियाको नेतृत्वमा जिल्लाको सदरमुकाम परासी बजारमा जुलुस निकालेर मोहम्मद जयन्ती मनाइएको हो ।विभिन्न जिल्लाका गाउँ तथा पालिकाबाट जुलुस सञ्चालन का क्रममा शान्तिचौरमा भेला का थिए ।

 

ईस्लाम धर्मका प्रवर्तक पैगम्बर आजम हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमले दिएको ईस्लामी तथा सामाजिक सन्देश र अमनचयनका थुप्रै सन्देश प्रवाह गर्न मुस्लिम समुदायले मोहम्मद जयन्ती मनाउँदै आईरहेका छन । बर्सेनि अरबी हिजरीकोे छैटौं

पैगम्बर मोहम्मद साहब आएपछि समाजमा रहेका कुप्रथा तथा विकृति विसंगतिलाई समाप्त पारी सही मार्गदर्शन गरेको मुस्लिम समुदायको धार्मिक मान्यता रहेको मुस्लिम नेता हैदर अली मोमिनले जानकारी दिए ।


मोहम्मद जयन्तीको अवसरमा विभिन्न गाउँमा मिलादी तथा फतेहा खानीजस्ता कार्यक्रम समेत आयोजना गरिएको थियो ।

यसै अवसरमा शुभकामना आदानप्रदान गर्ने, नमाज, कुरान पढ्ने, दान गर्ने, सामाजिक सद्भाव कायम गर्ने मिठो पकवान पकाएर साथीभाइलाई खुवाउनुका साथै शान्ति तथा ईस्लाम धर्मका सन्देश दिनेजस्ता कार्य समेत गरिने मौलाना सिद्दिक मिस्बाहीले जानकारी दिएका हुन ।

उक्त कार्यक्रममा संविधानसभा सदस्य हाजी अलाउद्दीन अन्सारी, मुस्लिम जिल्ला नेता हैदर अली मोमिन, अमिरुल्लाह मिया, बुद्धन अली, ईजहार मिया, अली हुसैन धुनिया, समाजसेवी हाजी ईस्हाक मिया, हाजी सैयद ईजहार मिया, विभिन्न मदरसाका अध्यक्ष एवं प्रधानाध्यापक र विद्यार्थी तथा मुस्लिमहरुको समेत सहभागिता रहेको बताइएको थियो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.