काठमाडौँ । डोल्पा जिल्लाको निर्वाचन क्षेत्र ख वाट निर्वाचित भएका कर्णाली प्रदेश सभासदस्य वीरबहादुर शाहीले दलितलाई दशैं भत्ता सहयोगस्वरूप वितरण गर्ने – गराउने घोषणा गरेको छ ।
प्रदेश सरकारले उपलब्ध गराएको दशैं खर्चको रकम आफ्नो निर्वाचन क्षेत्रको कुनै विद्यालय छनोट गरेर दलित बालबालिकाको हकहितका लागि खर्च गर्ने उनले निर्णय गरेका हुन ।
अन्य समुदायको तुलनामा डोल्पामा दलित समुदाय आर्थिक तथा शैक्षिक रुपले पनि पछाडि परेकाले केहि सुधारका लागि शैक्षिक सामाग्री जुटाउन सहज होस् भनेर सहयोग गर्न लागेको शाहिले बताएका छन ।
अघिल्लो बर्षको दसैँ भत्ता पनि दलित बालबालिकाको अध्ययनका लागि मुड्केचुला वडा नं ८ मा रहेको एक आधारभूत विद्यालयलाई उनले सहयोग रकम प्रदान गरेका थिए । जनताको प्रतिनिधि भएकाले उनिहरुको सुख दुःखमा साथ दिने जनप्रतिनिधिको कर्तव्य भएको शाहीले बताएका छन। ।