रेडक्रसको लापरबाहीले गर्दा सेवाग्राहि मारमा

काठमाडाैँ । नेपाल रेडक्रस परोपकारी संस्थाले आवश्यक ब्लड ब्यागको ब्यावस्थापन गर्न नसक्दा ब्लड लिन गएका बिरामीका आफन्तले समस्या झेल्नुपरेको छ । रेडक्रको लापरबाहिका कारण
विरामीको समस्या थप जटिल बन्दै गएको हो । रेडक्रसले ले विरामिका लागि चाहिने आवश्यक सामाग्री ब्यावस्थापनमा लापरबाहि गरेको छ ।

झापा अर्जुनधारा घर भएका पुष्पराज सापकोटा करिब गएको असारदेखि भक्तपुर सहिद धर्मभक्त हस्पिटलमा मृगौलाको डाइलासिस गराउँदै आइरहेका छन । विगत लामो समयदेखि किड्नी टान्सपाल्नटका लागि समय कुररेर बसेका थिए । भोलि विहान किड्नी टान्सपाल्नटको समय भएपनि रेडक्रसमा ब्लड ब्याग नहँदा समस्या जटिल बनेको बिरामीका छोरा सुजन सापकोटाले बताए ।

रेडक्रसमा मात्र होइन यो नेपालको कुनै ठाउँमा पनि पाइदैन किनभने यो नेपालमा उत्पादन हुँदैन विदेशबाट ल्याउने हो त्यसैले यसको अभाव हुने रेडक्रसका म्यानेजिङ डाइरेक्टर दिब्य पौडेलले बताए ।

 

 

 

 

 

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.