अमेरिकाले एमसीसीलाई करेक्सन गर्ने प्रधानमन्त्री देउवाको दावी

काठमाडौं । सरकारले आज सयदिन पुरा गरेको छ । तीन वटा राम्रो निर्णय गर्न नसकेको शेरबहादुर देउवाको सरकारले ३३ वटा गलत निर्णय गर्दा सरकार आलोचित बन्दै गइरहेको छ । यस वारेमा क्वीक नेपालले फेहरिष्ट पनि प्रस्तुत गरिसकेका छौं ।

केही दिनयता सेलाएको एमसीसी वारे प्रधानमन्त्री शेरबहादुर देउवाले मुख खोलेका छन् । प्रधानमन्त्री देउवाले नयाँ जानकारीसहित एमसीसीको वारेमा मुख खोलेका हुन् । एमसीसीलाई शंसोधन गर्न अमेरिका तयार रहेको वारे प्रधानमन्त्री देउवाले जानकारी गराएका छन् ।

एमसीसी वारे राजनीतिक दलहरुको चर्को विरोध नदेखिएपनि आम मानिसको चर्को विरोध रहँदै आएको छ । नेकपा एमालेलगायतका दलले एमसीसी समयमै पास गर्नुपर्ने बताउँदै आएको छ । एमालेले भने एमसीसी संसदमा पेश नभई धाराण नबनाउने बताउँदै आएको छ ।

यही बीचमा एमसीसी वारे छलफल र जानकारी लिन उपाध्यक्ष फतिमा सुमार समेत नेपाल भम्रणमा आएकी थिइन् । त्यतिबेला उनले एमसीसीलाई सहयोग गर्न सबै दलसँग आग्रह गरेकी थिइन् । केही दलले एमसीसी जस्ताको तस्तै पास गर्ने आश्वासन समेत दिए । केही दलले एमसीसी शंसोधन हुनपर्ने बतायो ।

यस्तै केही नेताहरु कुनै पनि हालतमा नेपालमा एमसीसी लागु गर्न नहुनेमा अडिग छन् । कोही नेता भने शंसोधनविना एमसीसी पास गर्न नहुने अडानमा छन् । सोही समय अमेरिकाले भने एमसीसीमा कुनै पनि विषय शंसोधन नहुने प्रष्ट पारेका थिए । फतिमा सुमारले पनि नेपाल आउँदा सोही वक्तव्य दोहोर्याएकी थिईन् ।

अक्षरंश पालना गनुपर्ने भन्दै एमसीसी शंसोधन नहुने तर्क अमेरिकाको थियो । तर प्रधानमन्त्री देउवाले एमसीसी शंसोधन गर्न अमेरिका तयार रहेको खुलासा गरेका छन् । एमसीसी पूर्णतया अनुदान कार्यक्रम भएकोले विरोध गर्न नहुने भन्दै प्रधानमन्त्री देउवाले अमेरिकाले आवश्यकताका आधारमा एमसीसी शंसोधन गर्ने बताएका हुन् ।

अमेरिकाले साँच्चै एमसीसी शंसोधन गर्न तयार रहेको खण्डमा प्रष्ट वक्तव्य अमेरिकी सरकार वा राजदूतावासबाट पक्कै आउनेछ । तर प्रधानमन्त्रीले देउवाले एमसीसी शंसोधन गर्न अमेरिका तयार रहेको दावी गर्नु एमसीसी वारे विवाद कम गराउन र सहज तरिकाले संसद छिराउन खोजेको मात्र हुन् की भन्नेमा पनि शंका रहन्छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.