काठमाडौँ । लगातार ३ दिनदेखि परेको अविरल वर्षाका कारण सुनसरी खोलामा आएको बाढीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको ४०० केभी १३२ ,२२० र ३३ केभी इनरुवा सबस्टेसन अहिले डुबानमा परेको छ ।
सुनसरी खोलामा आएको भिषण बाढी सबै नै सबस्टेसनमा पसेर ठुलो क्षति पुर्याएको छ। यो योजनाको काम आगमि पौष महिनामा समापन गर्ने गरी सबस्टेसनको काम थालिएकोे थियो ।
नेपाल विधुत प्राधिकरणका कार्यकारी कुलमान घिसिङका अनुसार ,बाढीले सबस्टेसनको कम्पाउन्ड वाल बगाएको र जडानका लागि राखिएका उपकरण समेत डुबानमा परेका छन । भिषण बाढीका कारण अन्य केही उपकरण बगाउँनुका साथै कार्यालय भवनसमेत डुबानमा परेको छ ।
सबस्टेसनभित्र सुनसरी खोला पसेकाले गर्दा ठुलो क्षति पुगेको छ । सबस्टेसनभित्र पानी जमेर तालमा परिणत भएकाले गर्दा अहिले बाहिर कतै , जान सक्ने अवस्था भएको र त्यहाँ स्थापित रहेका कर्मचारी र श्रमिकहरूलाई सुरक्षाकर्मीको सहयोगमा डुंगामार्फत सुरक्षित स्थानमा सारिएको कुलमान घिसिङले बताए ।।
अहिले सबस्टेसनको कार्य ४०० केभी र २२० , १३२ र३३ केभी सबस्टेसनका धेरैजसो संरचना बनिसकेका छन । सर्किट ब्रेकर ट्रान्सफर्मर, रियाक्टरजस्ता मुख्य उपकरण निर्माणस्थलमा ल्याइसकिएको थियो। बाढमिा परेका उपकरणहरमा पुर्णरुपमा क्षेति पुगेको छ ।