बाढी–पहिरोको वितण्डा : मृत्यु हुनेको संख्या ४१ पुग्यो, ६३ अझै बेपत्ता

कैलाली । बर्षाका कारण बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या बढिरहेको छ । बाढी पहिरोमा परि देशभर ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । हालसम्म पूर्व र पश्चिममा गरेर ४१ जनाको ज्यान गएको गएको गृह मन्त्रालयले जनाएको छ ।

कैलाली, कञ्चनपुर, डोटी, बैतडी, कालिकोट, डडेलधुरा, सुर्खेतलगायतका ठाउँमा गरि ३१ जनाको ज्यान गएको हो । डोटी जिल्लामा ९ जनाले ज्यान गुमाएका छन् । यस्तै बैतडीामा ३, डडेलधुरामा २, कैलालीमा ४, कालिकोटमा २ जनाले ज्यान गुमाएका छन् ।

यस्तै बाढी पहिरोका कारण इलाममा ७, पाँचथरमा ६, धनकुटामा ६, सुनसरीमा २, को ज्यान गएको छ।

यस्तै विभिनन ठाउँमा गरि ६३ भन्दाबढि अझै बेपत्ता रहेको पनि गृह प्रशासनले जनाएको छ । डोटी, बझाङ र बैतडी लगायतका ठाउँमा अझै केही मानिस बेपत्ता छन् । यस्तै महाकाली नदी र आसपासका टापु क्षेत्रमा पनि केही मानिस बेपत्ता छन् ।

६३ जना बेपत्ताको खोजि भइरहेको छ । यस्तै देशभरबाट ७०० बढिको उद्धार गरिएको छ ।

बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । आइतवार रातिदेखि नै वर्षा हुँदा देशभर बाढी पहिरोको जोखिम बढेको हो । विहीवारबाट मौसममा सुधार आउने मौसम विभागले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.