बसीला प्रहार गरेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

सुर्खेत । बसीला प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले सल्यान कुमाख गाउँपालिका– ५ का ४७ वर्षीय कविराम खड्कालाई पक्राउ गरेको छ ।

४२ वर्षीया श्रीमती कली खड्कालाई बसीला प्रयोग गरी हत्या गरेको आरोपमा खड्कालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादका कारण मादक पदार्थ सेवन गरी कविरामले श्रीमतीलाई धारिलो हतियार (बसीला) प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सल्यान र इलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.