बाटोमै रोकिए पर्यटक

काठकमाडौँ । गत आईतवारदेखि लगातार परेको वर्षाका कारण कास्की जिल्लाको पर्यटकीय गन्तव्य अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाने सडकमा पहिरो गई पहिरोले सडक अवरुद्ध हुँदा पर्यटक बाटोमै रोकिएका छन । अन्नपूर्ण–१० को सादिखोलामा गए राति करबि १० बजेतिर अन्नपूर्ण–१० को सादिखोलामा पहिरो गएपछि नयाँपुल–घान्द्रुक सडक अवरुद्ध हुँदा यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जनाए ।


पोखरादेखि घान्द्रुक हुँदै अन्नपूर्ण आधार शिविरसम्म जाने पर्यटक सडक बन्द भएपछि बीचबाटोमै अलपत्र परेका हुन । उनका अनुसार सडक अवरुद्ध भएपछि पोखरा हुँदै घान्द्रुक जाने सवारी साधनलाई बिरेठाँटीमै रोकिएका छन ।

प्रहरीले प्रबक्त्त।का अनुसार ,पहिरो हटाउन केही समय लाग्ने छ । दशैंको घटस्थापना सुरु भएसँगै पर्यटकीय गन्तव्य घान्द्रुक जाने आन्तरिक पर्यटकको संख्या निक्कै ठुलो संख्यामा बढेको थियो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.