काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढी र पहिरोका कारण प्रभावित भएका कृषकलाई राहत र क्षतिपूर्ति दिन सरकारसमक्ष माग राखेका छन । आज प्रचण्डले एक विज्ञप्ति जारी गर्दै कृषि सहायता कोष खडा गरी मारमा परेका कृषकहरुलाई राहत र क्षतिपूर्ती दिनुपर्ने बताएका छन ।
गए्को आइतबारबाट बेमौसमी झरीले पूर्वदेखि पश्चिमसम्मका कृषकहरुको धानवालीमा ठुलो क्षति पुगेको छ । धानबाली भित्र्याउने बेलामा आएको भिषण वर्षाका कारण किसानकाे धान लगायतका बालीनालीकाे ठूलो क्षति भएको छ ।
बाढी, पहिरो र डुबानमा परी देशका विभिन्न भागमा ४८ भन्दा बढीको मृत्यु भइसकेको छ । तीन दर्जनभन्दा बढी नागरिक सम्पर्कविहीन भएका छन । प्रचण्डले यस्तो आपतिमा परेर ज्यान गुमाउनेलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना समेत प्रकट गरेका छन्।
बाढी–पहिरोमा परी बेपत्ता भएकाहरुको यथाशीघ्र खोजीकार्य गर्न स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरु, स्थानीय वासिन्दा, विभिन्न संघसंस्था, व्यक्ति, युवा र आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरूमा उनले विशेष आग्रह गरेका छन\ ।
विज्ञप्तिमा यस्तो भनिएको छ :
‘बाढी–पहिरोमा फसेकाहरूको उद्दार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन म सरकारसँग विशेष अनुरोध गर्दछु ।’