वडा अधिवेशन हतारमा गर्नु घातक  :  अष्टलक्ष्मी शाक्य

काठमाडौँ । नेकपा एमालेको पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यहि आउँदो कार्तिक ६ गते देशभरी एकैपटक गर्ने भनिएको थियो । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले यस विषयमा आपत जनाएकी छिन । । वडा अधिवेशन हतारमा नगर्न उनको माग रहेको हो ।

यदि हतारमा अधिवेशन गर्दा क्षमता र कार्यदक्षताका आधारमा ब्यक्ति चुन्न कठिनाई हुने भएकाले गर्दा यसो नगर्न उनले आग्रह गरेकी हुन । उनि अहिले बागमती प्रदेशको मुख्यमन्त्रीसमेत रहेकी छिन । आज काठमाडौंमा आयोजित कार्यक्रममा वडा अधिवेशन हतारमा गरिहालौं र जोसुकै नेतृत्वमा आएपनि हुन्छ भन्ने पक्षमा आफूँ नरहेको उनले बताएकी हुन ।

 

आँफूले पार्टी भित्र समूहगत रुपमा स्वार्थ छिराउन नहुने पनि बताएकी छिन । नेकपा एमालेले पार्टीको वडा तथा पालिका अधिवेशन देशभर एकैदिन गर्ने गरी निर्देशन जारी गरिसकेको बेला उपाध्यक्ष शाक्यले हतारमा गर्ने पक्षमा आफू नरहेको प्रतिक्रिया दिइन ।


उपाध्यक्ष शाक्यले पार्टीलाई गुटमुक्त बनाउनु पर्ने आवश्यकता औंल्याएकी छिन । समाजवादको लक्ष्य प्राप्त गर्न र सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न पनि एमाले गुटमुक्त हुनुपर्ने उनको तर्क रहेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.