थप ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४ सय २६ जनाको कोरोना परीक्षण गर्दा थप ६ सय ६२ जना संक्रमित थपिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सात हजार २२ जनाको पिसिआर परीक्षण र १४०४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो  । हाल नेपालमा ११ हजार ५७९ जना सक्रिय कोरोना संक्रमित छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार २७० पुगेको छ ।

आज नेपालमा कोरोना संक्रमणबाट ७५८ जना निको भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, काठमाडौं उपत्यकामा २५३ जना संक्रमित थपिएका छन् भने जसमध्ये काठमाडौंमा १९५, ललितपुरमा ३५ र भक्तपुरमा २३ संक्रमित छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.