सुरेश परियार
हुम्ला। २० भदौ
माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी 'सुशील'ले कम्युस्ट एकजुट हुनुपर्ने बताएका छन् ।
सिमिकाेटमा आयाेजित चियापानका क्रममा नेता बुढाथोकीले दुई तिहाई प्राप्त कम्युनिस्ट सरकार केपी ओली, पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालको अदूरदर्शी, असक्षमता र व्यक्तिगत स्वार्थकै कारण देश दक्षिणपन्थीको हातमा पुगेको टिप्पणी गर्दै उनले सो बताएका हुन् ।
‘वैज्ञानिक समाजवाद स्थापनाकाे दिशामा अघि बढौँ’ भन्ने नाराका सातवटै प्रदेशमा समाजवादी जनजागरण अभियान सञ्चालनसमेत गरिरहेको बताउँदै उनले भने,वाम गठबन्धन फुटेर एमाले, माओवादी केन्द्र भए पनि दोस्रो तहका नेतालाई जिम्मेवारी दिएर नेपालमा कम्युनिस्ट पार्टी एक हुनुपर्छ ।’