बाढीपीडितलाई उचित राहत र क्षतिपूर्ति दिने प्रधानमन्त्रीले गरे प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितलाई उचित राहत र क्षतिपूर्ति दिने बताएका छन् ।

बाढीपहिरोका कारण भएको क्षतिको अवलोकनका क्रममा बिहीबार सुर्खेत पुगेका प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।

सो क्रममा  प्रधानमन्त्री देउवाले कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्रीहरुसँग प्रदेशमा बाढी तथा पहिरोबाट भएको क्षतिबारे जानकारी लिएका थिए ।

सुदूरपश्चिम प्रदेशको बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा काठमाडौंबाट हिँडेका प्रधानमन्त्री देउवा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा करिब आधा घण्टा बिताए थिए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.