एमाले सहभागी हुने भएपछि बागमती प्रदेशसभा बैठक सारियो

काठमाडौं । बागमती प्रदेशसभा बैठककाे समय सारिएको छ । 

बागमती प्रदेशसभाको पूर्वनिर्धारित बैठकमा नेकपा एमाले सहभागी हुने भएपछि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे बस्ने गरी सारिएको हो । बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल केन्द्रित हुने बताइएको छ । 

बुधबार एमालेले प्रदेशसभा बैठक केही दिन पर सार्न सभामुख सानुकुमार श्रेष्ठलाई पत्रसहित आग्रह गरेको थियो ।

तर, विपक्षी दलहरूको विरोधका कारण सभामुख श्रेष्ठले बैठक निर्धारित मितिमै बस्ने जवाफ दिएका थिए । तर, मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने सम्भावना निकै कम छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.