भरतपुर महानगरपालिकामा आयुर्वेदिक औषधालय सञ्चालनमा

काठमाडौँ । भरतपुर महानगरपालिकाले अहिले नगरका स्थानियवासीको स्वाथ्यलाई ध्यानमा राखी २९ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र तथा दुई स्थानमा आयुर्वेदिक औषधालय समेत निर्माण गरि संचालनमा ल्याएको छ ।

महानगरपालिकाको अगुवाईमा देवघाटमा पनि आयुर्वेदिक अस्पताल बन्न लागेको छ । उक्त भवनको उदघाटन आज भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले शिलान्यास गरेकी छिन । आज ९ कोठे आर सिसी भवनको शिलान्यासका क्रममा प्रमुख दाहालले चितवन मेडिकल सिटीको रूपमा विकास गरिदैँ लगिएकाले अझ बढी विशेषज्ञ सेवा तर्फ विशेष ध्यान दिन आग्रह गरेकी छिन ।


भरतपुरमा कोहीपनि नगरवासी आधारभूत स्वास्थ्य सेवाबाट बन्चित नहुन भन्ने उद्देश्यका साथ हरेक क्षेत्रमा स्वास्थ्य केन्द्रका साथै औषधालयहरूको पनि निर्माण र विस्तारमा जोड दिएको बताइन । यसैगरी वडा न. १४ शिवनगरमा ५० सैयाको आयुर्वेदिक अस्पताल स्थापना गरी संचालनमा ल्याइएको छ । आयुर्वेदिक चिकित्सा पद्धती निकै पुरानो र महत्वपुर्ण भएकाले गर्दा यसको निर्माण र सञ्चालनमा बढी जोड दिएको उनले बताइन ।


आज शिलान्यास गरिएको देवघाट आयुर्वेदिक औषधालय ६५ लाखको लागतमा बन्न लागेको हो । ९ वटा आधुनिक कोठा सहितको निर्माण हुने भवन समयमै गुणस्तरीय ढंगले निर्माण सम्पन्न गरी सेवा सुचारू गर्न प्रमुख दाहालले आग्रह गरेकी हुन ।


देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार देवघाट क्षेत्रमा निर्माणाधिन आयुर्वेदिक औषधालयले यस क्षेत्रमा आउने धर्मावलम्बी तथा स्थानिय नागरिकहरुको आयुर्वेदिक उपचारमा सहयोग पुग्ने छ । ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.